Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हत्या आरोपमा फर्पिङबाट 'अघोरी बाबा' पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं.६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडिबाट ज्यानसम्बन्धी कसूर (हत्या आरोप) मा एक अघोरी बाबा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अघोरी भनिने ३५ बर्षीय शिव गिरी रहेका छन् । अघोरीले बिहीबार साँझ बोल्न नसक्ने, हालसम्म नामथर र ठेगाना नखुलेको अन्दाजी ४०/४५ बर्षको एक पुरुषलाई दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उक्त सूचनाप्राप्त खटिएको इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ पठाइएको र थप उपचारको लागि वीर अस्पतालमा रिफर गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घाइते भएका उनको आज बिहान वीरमा निधन भएको थियो ।

घटनामा संलग्न रहेको अघोरीलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077