Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषधसहित तीनजना युवक पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ३ सहिद गेटबाट तीनजना युवक ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पाससहित पक्राउ परेका हुन् ।

बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र बिष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन् ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077