Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी बारे छलफल गर्न गठबन्धनका शीर्ष दुई नेता बालुवाटार जाँदै

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज छलफल हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।

दाहाल र नेपाल आज दिउसो बालुवाटार जाने तयारीमा छन् । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।

अमेरिकाले फागुन १६ अर्थात फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, सत्तारुढ गठबन्धनमा नै एमसीसीबारे मतभेद रहेको छ ।

काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ ।

अमेरिकी विदेशमन्त्री डोलाल्ड लूले विहिबार प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष दाहाललाई फोन गरेर धम्कीपूर्ण भाषामा जसरी पनि एमसीसी पास गर्न दबाब दिएको समाचार आइहेका छन् । यसको चौतर्फी विरोध भइरहेको छ ।

आजको बैठकमा यसबारे पनि छलफल हुन बताइएको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077