Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन तनाव : आफ्ना नागरिकलाई युक्रेन छाड्न जर्मनीको निर्देशन

एजेन्सी । जर्मनीले युक्रेनमा रहेका आफ्ना नागरिकलाई देश छाड्न शनिबार निर्देशन दिएको छ । त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई बाहिरिन जर्मनीले निर्देशन दिएको हो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'युक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ ।

हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस्। यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि युक्रेनी भूगोल छोड्नुहोस्।'

तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै जर्मनीले उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो । यस्तै अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई पनि त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077