Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च अदालतले आजदेखि सबै प्रकारका सेवा दिने

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ ।

माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा दिने भएको हो ।

४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

यसअवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन लगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने अदालतले निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077