Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन आजबाट पुन: भौतिक रुपमा सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग, न्यायालय शुद्धीकरण र सुदृढीकरणको लागि नेपाल बार एसोसिएसनले आजदेखि फेरि भौतिक रुपमा प्रदर्शन गर्ने भएको छ ।

आजबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलनको कार्यक्रम शुरू हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

यसअघि बारले कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट विरोधका कार्यक्रमहरू गर्दै आइरहेको थियो । बार विगत १०५ दिनदेखि आन्दोलनमा छ ।

पौडेलले हिजो एक विज्ञप्ति जारी गर्दै आजबाट भौतिक रुपमा शुरू हुने आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीहरूलाई सहभागिताको लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077