Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको कारवाहीमा परेका माधव नेपालसहित १४ सांसदको मुद्दामा पेसी तोकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसदहरुलाई पदमुक्त गर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज पेसी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीले तत्कालीन एमालेका बरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई बैशाख २७ गते पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो ।

उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै ओलीले मुद्दा हालेका थिए। यसअघि यो मुद्दामा अन्तरिम आदेश भएको थिएन ।

[insert page='85901' display='yopanipadhnuhos.php']

एमालेले साउन २५ गते माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव र कलिला खातुनलाई सांसद र पार्टीबाट निष्कासन गरेको थियो ।

उक्त निर्णयको जानकारी संसद् सचिवालयलाई भदौ १ गते दिइएको थियो । सभामुख सापकोटाले एमालेले गरेको सिफारिसअनुसार कारबाही गर्न बिलम्ब गरेका थिए ।

[insert page='86158' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077