Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिएका हुन् ।

फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख छ ।

यसअघि प्रमुख विपक्षी दल नेकपा(एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो । एमालेले उक्त दिन आफ्नो पार्टीको प्रदेशस्तरीय राजनीतिक भेला भएको भन्दै सभामुख सापकोटालाई बैठक सारिदिन आग्रह गरेको थियो।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077