Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको विरोध गर्दै मन्त्री क्वार्टर नजिक प्रदर्शन गर्ने ९ जना पक्राउ

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जना पक्राउ परेका छन् ।

एमसीसीको विरोधमा प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

आइतबार साँझ पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासको निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077