Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमाले संसदीय दलको बैठक आज बस्दै, यी हुन् एजेन्डा

    एमाले संसदीय दलको बैठक आज बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ ।

    सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो । बैठकमा मुख्यत: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका बारेमा छलफल हुने बताइएको छ ।



    एमालेले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने समेत निर्णय गसिकेको छ ।



    स्रोतका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ ।

    आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनले महाअभियोगको प्रस्ताव दर्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार