Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमाले संसदीय दलको बैठक: चार न्यायाधीशविरुद्ध महाअभियोगकाे तयारी

    एमाले संसदीय दलको बैठक: चार न्यायाधीशविरुद्ध महाअभियोगकाे तयारी

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक आह्वान गरेको थियो । बैठक केही बेरअघि बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।

    बैठकमा एमालेले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ । यसअघि आइतबार बसेको एमाले सचिवालय बैठकले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको थियो ।



    अहिलेको बैठकमा पनि हिजैको एजेण्डामाथि छलफल हुने स्रोतको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो कदमविरुद्ध मुद्दा परेको थियो । सो मुद्दामा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काको इजलासले परमादेश जारी गरी प्रतिनिधिसभा ब्युँताइदिएको थियो ।



    ‘सचिवालय बैठकमा महाभियोग लगाउने प्रस्तावबारे छलफल भएको छ, निर्णय भने भएको छैन,’ सचिवालय स्रोतले भन्यो । स्रोतका अनुसार अहिले बसिरहेको बैठकमा सांसदहरूको समेत राय लिएर निर्णय गरिने बताइएको छ।

    सचिवालय बैठकमा अध्यक्ष ओलीले एमालेमाथि गम्भीर षड्यन्त्र भएको र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भएकाले चार न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताएका थिए।  सत्ता गठबन्धनका सांसदहरुले हिजो प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार