Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानमा लफडा: सर्वोच्चको आदेश बोकेर कार्यालय छिर्दै क्षेत्री, अधिकारीको पद धरापमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले आफू सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बोकेर कार्यालय जाने बताएका छन् । क्षेत्रीले कार्यालय जाने बताएपछि प्राधिकरणमा फेरि तनाव सुरु भएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले महानिर्देशक क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेश बमोजिम आफू कार्यालय जान लागेको क्षेत्रीको भनाइ छ ।

[insert page='115028' display='yopanipadhnuhos.php']

तर, सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयका अन्य कर्मचारीहरुले भने गेटमै धर्ना दिएका छन् ।अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको कर्मचारीहरु बताउँछन्।

यसअघि सरकारले ६ जना १२ औं तहका सिनियर हुँदाहुँदै ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेको थियो । क्षेत्री काममा फर्किएसँगै अधिकारीको पद के हुने हो भन्नेमा अन्यौलता बढेको छ।

यस्तै, सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउँदै फागुन ९ गतेका लागि अर्को पेसी तोकेको छ। अदालतको आदेशअनुसार आफू प्राधिकरणको महानिर्देशकमा फर्किएको क्षेत्रीको दाबी छ।

[insert page='115033' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077