Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वोच्च अदालतको औपचारिक फुलकोर्ट शुक्रबार बस्ने

    सर्वोच्च अदालतको औपचारिक फुलकोर्ट शुक्रबार बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतको शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बस्ने भएको छ ।

    कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीले आज बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।



    आजको बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको बताइएको छ ।



    सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी निलम्बित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार