Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिन सकिँदैन : त्रिवि

    तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिन सकिँदैन : त्रिवि

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिन नसकिने स्पष्ट पारेको छ ।

    त्रिवि रजिस्ट्रारको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी अनशन र तालाबन्दीको दबाबमा करार स्थायी गर्न नसकिने जानकारी दिएको हो ।



    विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिकलाई स्वतः करार र करारलाई स्वतः वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने परम्परा स्वीकार्न नसकिने त्रिविको ठहर छ ।



    आंशिक प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको विगतको निर्णय लागू माग गर्दै आंशिक प्राध्यापकहरुले माघ ६ गते तालाबन्दी गरेका थिए ।

    आंशिक प्राध्यापकको मागका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको र समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराइसकेको त्रिविले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार