Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार, राष्ट्रिय जनमोर्चाको मात्रै विमति

    एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार, राष्ट्रिय जनमोर्चाको मात्रै विमति

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबुल गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमति बनेको छ ।
    उच्च स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमपछि पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्ये चार दल एमसीसीलाई संसद्बाटै टुंगोमा पु¥याउन सहमत भएका हुन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसद्मा टेबुल गर्न सहमत भएका हुन् । तर, गठबन्धनभित्रको एकघटक राष्ट्रिय जनमोर्चाले भने एमसीसीका विषयमा आफ्नो असहमति कायम राखेको छ ।



    ‘एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्ता गठबन्धनमा सहमति बनिसकेको छ, अब संसद्मा एमसीसी टेबुल हुन्छ, बाँकी प्रक्रियामा दलहरूले आआफ्नै ढंगबाट निर्णय लिन सक्छन,’ स्रोतले भन्यो ।



    नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले बुधबार संसद् बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमसीसी’दयगत छलफल हुने जानकारी दिए ।

    उनले सोमबार सभामुखले डाकेको सर्वदलीय बैठकबाट बाहिरिँदै गर्दा एमसीसी संसद्बाट अघि बढाउने विषयमा सहमति भएको बताएका हुन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार