Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरहाबाट २८ किलो गाँजासहित तीन जना पक्राउ

सिरहा । प्रहरीले गोलबजारबाट २८ किलो लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर १ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी, वडा नम्वर २ बस्ने २१ वर्षीय शत्रुधन साह र महेशपुरपतार गाउँपालिका वडा नम्वर १ बस्ने ३२ वर्षीय दिपु साह रहेका छन्  ।

घरमा लुकाई छिपाई गाँजा बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उक्त परिणामको गाँजा बरामत गरिएको प्रहरीको भनाइ छ ।

२८ किलो गाँजा, जोख्ने तराजु, प्रदेश नं २–०१–००३ प. ५२१७ र स.५प.१०२० नं.को मोटरसाइकल बरामद गरेको सिरहा प्रहरीका प्रवक्ता एवं डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077