Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुल्यो

    चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    बैतडी । चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ ।

    भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।



    बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो ।



    सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार