Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालबाट १७ सदस्यीय टोली ओमान गएको थियो । टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन् । केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् ।

कुशल मल्ल, सहाव आलम र प्रदिप ऐरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

नेपाली टिम :

कप्तान सन्दीप लामिछाने

शरद भेषावकर

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

कुशल भुर्तेल

आरिफ शेख

आसिफ शेख

अविनाश बोहरा

जितेन्द्र कुमार मुखिया

कमल सिह ऐरी

विवेक कुमार यादव

लोकेश बहादुर बम,

सागर ढकाल

गुल्सन झा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077