Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोलेरो जीप दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते

काठमाडौं । दैलेखमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।

जिल्लाको दैलेख बजारदेखि गडिगाउँ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२६च ५२६६ नम्बरको जीप महाबु गाउँपालिका-४ फागुमा दुर्घटना भएको हो ।

दुर्घटनामा गडिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको प्रहरी चौकी गैडाबाजका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण चौधरीले जानकारी दिए ।

उनका अनुसार जीप सडकभन्दा १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा परेर जैकला शाही, आरती शाही, मनिसा सिंह, राम बहादुर शाही, गाडी साहु डल्लु वन, मिठु सिंह, गाडी चालक समरबहादुर चन्द र राजेश हमाल घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि महाबु अस्पताल र जिल्ला अस्पताल दैलेख पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077