Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीमा शंकास्पद वस्तु फेला

कैलाली । कैलालीमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

‘प्रेसर कुकरमा टेप बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने ।

लम्की–चिसापानी सडकखण्डमा शंकास्पद बस्तु फेला परे पछि नेपाली सेनाको टोली त्यसतर्फ हिँडेको उनले बताए । अमेरिकी एमसीसीको विरोधमा बुधबार आह्वान गरिएको नेपाल बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ ।

एमसीसीको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टीले घोषणा गरेको नेपाल बन्दका कारण बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077