Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद भवन अगाडि एमसीसीविरुद्ध प्रदर्शन, प्रचण्ड र माधवका कार्यकर्ताले भने- देश बेच्न पाइदैन

काठमाडौं । अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी)विरुद्ध संसद भवन परिसर नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।

आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेपछि नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसियल र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्।

उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । 'एमसीसी खारेज गर', 'देश बेच्न पाइदैन', 'राष्ट्रघाती सम्झौता चाहिंदैन'जस्ता प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।

यसअघि भर्खरै सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ । यस्तै, एमसीसीको बिरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि देशभर नेपाल बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077