Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्र्याङ्क भिडियो बनाउने सेँढाई यसरी परे साइबर ब्यूरोको फन्दामा

काठमाण्डौं । प्रहरीको साइबर ब्यूरोले प्र्याङ्क भिडियो बनाएको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ४ आर्दश टोल घर भइ हाल भक्तपुर बस्ने २७ बर्षीय आकास सेँढाई रहेका छन् ।

ब्यूरोका अनुसार सेँढाईले नेपाली प्रयाङकर्ष नामक युट्युव च्यानल खोलीसर्वसाधारणलाई सास्ती र हैरानी दिएपछिको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सेढाईलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय साइबर व्युरोले जनाएको छ ।

यसअघि  पटकपटक ब्यूरोले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077