Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसीविरुद्धको प्रदर्शनमा नारायणकाजी पनि

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन्।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले गरेकाे एमसिसीविरूद्ध प्रदर्शनमा श्रेष्ठ सहभागी भएका हुन् ।

'नो एमसिसी' लेखिएको पट्टी बाँधेका युवाहरूकाे छेउमा उभिएका श्रेष्ठले माओवादीभित्र एमसिसी परियोजनाको विरोध गर्दै आएका छन्।

बुधबारको संसद बैठकमा एमसीसी टेबुल गर्न लागिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। ‘एमसीसी खारेज गर’, ‘देश बेच्न पाइदैन’, ‘राष्ट्रघाती सम्झौता चाहिंदैन’जस्ता प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरिरहेका छन्।

यस्तै, एमसीसीको बिरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि देशभर नेपाल बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077