Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बानेश्वरमा 'नो एमसीसी', अनामनगरमा 'वेलकम एमसीसी'

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिनिलियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिषयलाई लिएर काठमाडौँस्थित नयाँ बानेश्वर र अनामनगर क्षेत्रमा छुट्टाछुट्टै प्रदर्शन भएका छन्।

बुधबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको बिरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका विद्यार्थी संगठनहरुले नो एमसीसी भन्दै प्रदर्शन गरिरहेका छन्।

तर, सोही समयमा बानेश्वरनजिकै रहेको अनामनगर क्षेत्रमा स्वतन्त्र नागरिकहरुको समूहले भने एमसीसीको पक्षमा प्रदर्शन गरेको छ। उनीहरुले वेलकम एमसीसी लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

एमसीसी बिरुद्धको प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा आएका छन् । एमसीसीको बिरोधमा उत्रिएका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलै पानीको फोहोरा समेत छ्यापिएको थियो।  अहिले बानेश्वर र माइतीघर क्षेत्रमा ठूलो मात्रमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077