Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हङकङको स्वास्थ्य प्रणाली नाजुक बन्दै

एजेन्सी । एक्कासी तीव्र रूपमा कोभिड-१९ का  बिरामी बढेपछि हङकङको स्वास्थ्य प्रणाली नाजुक बनेको छ ।

सरकारले कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोन भेरियन्टको कारण फैलिएको महामारीको पाँचौँ लहरविरुद्ध संघर्ष गरिरहेको स्वीकारेको छ ।

अहिले अस्पतालहरूमा निकै भिड बढेको छ भने सैयौँको अभावमा संक्रमितहरूको अस्पताल भवन बाहिरै उपचार सुरु हुन थालेको छ ।

नयाँ कीर्तिमानसहित बुधबारमात्र ४ हजार २८५ जना नयाँ संक्रमित फेला परेका छन् ।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको मामिलामा दुर्लभ चासो प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले स्थानीय नेताहरूलाई कोरोना समस्याविरुद्ध सम्पूर्ण उपायहरू अबलम्वन गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077