Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राजिलमा बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । ब्राजिलको सहर पेत्रोपुलिसमा चानक आएको बाढी पहिरोमा परेर ९४ जनाको मृत्यु भएको हो ।

रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो । सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका घरहरू पहिरोका कारण सखाप भएका छन् ।

हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवारहरू घरबार विहीन बनेका छन् । विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताइएको छ ।

रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताए । पेत्रोपुलिस सहरका मेयरले त्यहाँ आपत्काल घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077