Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी पारित गर्ने निर्णय भइसक्यो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) सम्झौतालाई लिएर कांग्रेस पछि नहट्ने अडान राखेका छन्।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा देउवाले एमसीसीबारे पुरानै अडान दोर्ह्याएका हुन्।

'एमसीसी पारित गर्न हामी लागेका छौं । पारित गर्न पार्टीले निर्णय गरिसकेको छ, यसबाट पार्टी पछि हट्दैन,' देउवाले भने । देउवाले नेपालमा जति पनि परिवर्तन भए ती सबै कांग्रेसकै कारण भएको दाबी समेत गरे।

सम्बोधनका क्रममा प्रधामन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने समेत बताए । ‘पास फेल के हुन्छ थाहा छैन । हामीले हाम्रो समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिनुपर्छ ।’

पछिल्लो समय एमसीसीलाई लिएर दलहरू विभाजित भएका छन् । सत्ता सहकार्य गरिरहेका दलहरु नै यसमा एकमत छैनन् । जसले गर्दा गठबन्धनको भविष्यमा पनि अन्योलता छाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077