Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत, एमसीसी अनुमोदनबारे राखे यस्तो चासो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न राजदूत बेरी बुधबार साँझ बालुवाटार पुगेका थिए ।

भेटमा एमसीसी सम्झौताबारे छलफल भएको स्रोतको भनाइ छ । प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत बेरीले एमसीसी अनुमोदन प्रक्रियाबारे चासो राखेका थिए ।

राजदूत बेरीको चासोमा प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको जानकारी दिएको बताइएको छ।

एमसीसीकै बिषयमा छलफल गर्न आज साँझ पाँच बजे सत्ता गठबन्धनको निर्णायक बैठक बस्दैछ । प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबुल गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077