Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत, एमसीसी अनुमोदनबारे राखे यस्तो चासो

    प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत, एमसीसी अनुमोदनबारे राखे यस्तो चासो

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न राजदूत बेरी बुधबार साँझ बालुवाटार पुगेका थिए ।



    भेटमा एमसीसी सम्झौताबारे छलफल भएको स्रोतको भनाइ छ । प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत बेरीले एमसीसी अनुमोदन प्रक्रियाबारे चासो राखेका थिए ।



    राजदूत बेरीको चासोमा प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको जानकारी दिएको बताइएको छ।

    एमसीसीकै बिषयमा छलफल गर्न आज साँझ पाँच बजे सत्ता गठबन्धनको निर्णायक बैठक बस्दैछ । प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबुल गर्ने जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार