Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा प्रचण्ड र माधवबीच भेटवार्ता, एमसीसीबारे छलफल

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयस्थित प्रचण्डको कार्यकक्षमा प्रचण्ड-नेपालबीच भेटवार्ता भइरहेको छ ।

साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि प्रचण्ड र नेपालले समान धारणा तय गर्न अलग्गै छलफल गरेका हुन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌बाट एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । तर‚ गठबन्धनभित्र त्यसबारे सहमति जुटेको छैन।

यता, माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसी सम्झौता संसद्‌मा टेबल नै नगर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077