Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो प्रतिष्ठान: मुख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुडकिलोको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको बताएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने उद्घोष गरेअनुरुप पहिलो खुडकिलोको रुपमा प्रतिष्ठानलाई अघि बढाएको बताए ।

विषम परिस्थितिमा शुरु भएको प्रतिष्ठान एक वर्ष भित्रै चार वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको संचालन र विशिष्टिकृत सेवाको संचालन गर्नु स्वागत योग्य रहेको बताए ।

प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिसातर्फ अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भई सकेको र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तीम चरणमा रहेको बताए ।

त्यसैगरि प्राविधिक शिक्षा सम्बन्धि विधेयक समेत संसदमा विचाराधिन रहेकोले एक महिना भित्रै पास हुने विश्वास व्यक्त गरे ।  उनले विधेयक पास भए लगतै प्रदेश भरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्ययापन सहज हुने विश्वास व्यक्त गरे।

उनले भने, 'प्राविधिक शिक्षा सम्बन्धि विधेयक ल्याउनु जरुरी थिएन, सिटिइभिटी प्रदेश मातहत हुनु पर्ने थियो । तर संघीय कुनीतिका प्रदेशमा प्राविधिक शिक्षा विधेयक ल्याउनु परेको हो ।'

एक फरक प्रसंगमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले हाल संचालनमा रहेको स्थानबाट अन्यत्र नसर्ने दाबी गरे । गुठी मातहत रहेको जग्गा हाल मणीपालले लिजमा लिएको भएपनि जग्गा प्राप्तीको प्रक्रिया प्रदेशले शुरु गरिसकेको हुँदा प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको बताए ।

उनले भने, ‘प्रदेश भित्रका सार्वजनिक, गुठीका जग्गा संविधानतः प्रदेश मातहतको हो, यो जग्गा प्रतिष्ठानले नै पाउने छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077