Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धितोपत्र बोर्डकाे अध्यक्षमा हमाल नियुक्त

काठमाडौं । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डकाे अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डकाे अध्यक्षमा हमाललाई नियुक्त गरेको हो। यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो । यस्तै, आज बसेको मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। यसैगरी आजको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077