Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

काठमाडौं । ३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन् ।

चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

त्यस दिन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही त्यसै दिन घर जाँदै छन् ।

त्यस दिन पाँचवटा प्रदेशका प्रहरी प्रमुख पनि घर जानेछन् । घर जाने तयारी हालतमा रहेका डीआईजीमा मधेस प्रदेशका उमेश रंजितकार, बाग्मतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल छन् ।

यस्तै, दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष सेवा हद आगामी १८ वैशाखमा पूरा हुँदै छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077