Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खाने तेलमा उच्च मूल्य वृद्धि, एक महिनामै प्रतिलिटर ४० रुपियाँ बढ्यो

    खाने तेलमा उच्च मूल्य वृद्धि, एक महिनामै प्रतिलिटर ४० रुपियाँ बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ ।

    नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ ।



    भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।



    सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ ।

    यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको) को ३४५ रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार