Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपत्यकाका मुख्य चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति

काठमाडौं । शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ । पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बिभिन्न पार्टीहरुले चरणबद्द आन्दोलन गरिरहेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीहरुलाई सडकमा तैनाथ गरेको हो ।

एमसीसीविरुद्ध प्रदर्शन हुँदै आइरहेका ठाउँहरु मुख्यत: काठमाडौंको माइतीघर, नयाँ बानेश्वर चोक, कोटेश्वर, चाबहिल र लैनचौरलगायतका क्षेत्रमा सम्म ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन्।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भावना बढेको भन्दै विभिन्न पार्टीहरुले विरोधका कार्यक्रमहरु राखिएका हुन् । जसका कारण सुरक्षाका लागि सुरक्षाकर्मीहरु तैनाथ भएका हुन्।

यसअघि बुधबार पनि एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सत्ता पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

यता भर्खरै प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ। जसका कारण आजको संसद बैठकमा पनि एमसीसी टेबुल हुने सम्भावना भने निकै कम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077