Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक: आजको संसदमा एमसीसी टेबल नगर्ने सहमति

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको अर्को बैठक पर्सी ८ गते आइतबार पुन: बस्ने भएको छ ।

भर्खरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकले एमसीसीबारे कुनै निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठक ८ गतेलाई सारिएको सहभागी एक नेताले अनलाइन नेपाललाई जानकारी दिए ।

ती नेताका अनुसार छलफलपछि आज बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति समेत भएको छ । ‘अर्को बैठक फागुन ८ गते बस्ने सहमति भयो,' ती नेताले भने,'प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो।'

शुक्रबार बिहान सवा दशबाट सुरु भएको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए।

यसअघि बिहान सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए । हिजो बसेको गठबन्धनको बैठक पनि निष्कर्षविहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077