Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीविरुद्ध आज पनि प्रदर्शन, संसद भवन वरपर सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

शुक्रबार अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर, स्वाभिमानी नेपाली कायम गरलगायतका थुप्रै नाराहरु लगाएका छन् ।

यस्तै, प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सडकमै सुतेर विरोध गरेका छन्। उनीहरुले एमसीसीविरुद्धका नाराहरु लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।

यसअघि गत बुधबार पनि माओवादी र समाजवादीको भ्रातृ संगठनहरुले नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ । तर, उनीहरु भने प्रहरीको घेरा तोडेर अघि बदन कोसिस गरिरहेका छन्।

बुधबारको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत छ्यापेको थियो। अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077