Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीको विरोधमा हजारौंको प्रदर्शन: बानेश्वर बन्यो तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

शुक्रबारको संसद बैठकमा एमसीसी टेबुल गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो । प्रदर्शनकारीहरूले माइतीघरबाट विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर क्षेत्र अघि बढेका थिए । सो क्षेत्रमा प्रहरीले बाक्लो सुरक्षा घेरा हालेको थियो।

तर, प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो । धकेलाधकेलपछि प्रहरीले केही प्रदर्शनकारीहरुलाई भ्यानमा हालेको छ।

उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ।

प्रदर्शनको नेतृत्व भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले गरेका हुन् । प्रदर्शनमा सहभागी उनीहरुले सडकमै सुतेर विरोध गरेका समेत छन्।

यसअघि गत बुधबार पनि माओवादी र समाजवादीको भ्रातृ संगठनहरुले नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बुधबारको प्रदर्शनमा पनि प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत छ्यापेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077