Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

अहिले हो-हल्ला र नाराबाजीका बाबजुत सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गरिरहेका छन्।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077