Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित, राजेन्द्र लिङ्देनले गरे स्वागत

काठमाडौँ । आफूलाई सामाजिक अभियन्तासहित भ्रष्टाचार बिरोधी दाबी गर्दै आएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् ।

शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले टिका र खादा लगाएर स्वागत गरेका हुन् ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले शाही नेतृत्वको सिंगो अभियानलाई राप्रपामा समाहित गर्ने निर्णय अनुमोदन गरेको हो ।

समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव गरेका थिए ।

सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077