Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसी र सत्ता गठबन्धन फरक विषय हुन्: कांग्रेस प्रवक्ता महत

    एमसीसी र सत्ता गठबन्धन फरक विषय हुन्: कांग्रेस प्रवक्ता महत

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ काँग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’



    उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा काँग्रेस विश्वस्त रहेको बताए । उनले भने, ‘गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो ।’



    एमसिसीमा कुनै देशद्रोह नभएको उनले बताए । प्रवक्ता डा.महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?’

    सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार भएको बताए । दलहरुका एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, ‘संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नुपर्यो ।’

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसिसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ?’ विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा.महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, ‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार