Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेरि सर्‍यो माओवादी केन्द्रीय समितिको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ ।

यसअघि फागुन ८ र ९ गते बोलाइएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077