Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनसँगको सीमा क्षेत्रबाट आफ्ना सैनिक फिर्ता हुने क्रम जारी रहेको रुसको दाबी

एजेन्सी । युक्रेनको सीमाबाट आफ्ना सैनिक फिर्ता गर्ने क्रम जारी रहेको रुसले दाबी गरेको छ ।

रुसले सीमावर्ती क्षेत्रमा सैनिक परिचालन गरेको आरोप लागिरहेका बेला शुक्रबार रुसको रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा आफूले सैनिक फिर्ता गरिरहेको दाबी गरेको हो ।

रुसले क्रिमियामा परिचालन गरिएको दस सुखोई–२४ लडाकु विमान पनि अर्को क्षेत्रमा तैनाथ गर्ने तयारी भइरहेको बताएको छ।

रुसले सीमावर्ती क्षेत्रमा सैनिक परिचालन गरेको र जुनसुकै समयमा उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन्।

रुसले भने अहिले निरन्तर सैनिक फिर्ता ल्याउने काम भइरहेको बताउँदै आएको छ। पश्चिमा मुलुकले भने रुसले सैनिक फिर्ता गरेको कुनै प्रमाण नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077