Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमा जुनसुकै बेला पनि हमला हुन सक्ने वाइडेनको दावी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमला गर्ने निर्णय गरेको अमेरिकी राष्ट्रपति जो वाइडेनले दाबी गरेका छन् ।

युक्रेनमा आक्रमण गर्ने रुसले निर्णय गरिसकेकाले जुनसुकै बेला हमला हुन सक्ने राष्ट्रपति वाइडेनले दाबी गरेका हुन् । अमेरिकी गुप्चतरले वाइडेनलाई रुसले हमला गर्ने निर्णय गरिसकेको सुचना दिएको बताइएको छ ।

तर रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै पनि योजना नरहेको बताउँदै आएको छ । रुसले युक्रेनको पूर्वी क्षेत्रमा नक्कली संकट खडा गर्ने र सोही वहानामा आक्रमण गर्ने तयारी गरिरहेको बताइएको छ ।

युक्रेनमाथि आक्रमण गर्न रुसले सीमा क्षेत्रमा झण्डै २ लाख सेना तैनाथी अवस्थामा राखेको अमेरिकाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077