Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माछा बोक्ने गाडीमा गाँजा, सर्लाहीबाट दुई जना पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा बरामद गरेको छ ।

सो गाँजा ओसारपसार गर्ने २ जनालाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता कृष्ण गिरीले अनलाइन नेपाललाई बताए ।

पक्राउ पर्नेमा गाडी चालक धादिङ जिल्ला दिसुलेख गाउँपालिका वडा नम्वर ६ बस्ने २२ वर्षीय सुरेन्द्र वि.क. र मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने ४८ वर्षीय भिमलाल मोक्तान रहेको छ ।

पूर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्वरको योदा पिकअप (माछा बोक्ने) गाडिमा लागूऔषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गदाँ सो गाँजा बरामद गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले ८५ हजार नगद पनि बरामद गरेको छ । उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077