Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताएका छन् ।

बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई थप सुरक्षित र व्यवस्थित गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

मुलुकमा विभिन्न समयमा भएको क्रान्तिपश्चात् पुरानो संरचना बदलिएर नयाँ संरचना स्थापना भए पनि जनअपेक्षाअनुसारको काम गर्न अझै नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले यो सरकार अब नयाँ ढङ्गबाट जनहितका काम गर्न दत्तचित्तले लागिपरेको र त्यसका लागि न्यूनतम साझा कार्यक्रमसमेत तय गरिएको बताए ।

अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले सही कुरा बोल्न डराउन नहुने सुझाव दिए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, अर्थमन्त्री शालिकराम जम्मकट्टेल, वन तथा वातावरणमन्त्री विशाल खड्कालगायत विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रजातन्त्र लेखिएको ब्यानर उडाएर प्रजातन्त्रको स्थापनामा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077