Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी परेन

काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । तर, आइतबार दिउँसो १ बजे बोलाएको संसदको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीमा राखिएको छैन ।

यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची छ।

आइतबार बिहान संसद् बैठक अगाडि सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077