Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक: एमसीसी टेबल गर्न सहमति

काठमाडौं । अन्तत: सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको हो।

‘एमसीसी टेबल नगर्दा गठबन्धन भत्किने भयो । गठबन्धन जोगाउनका लागि भए पनि टेबल गर्न दिने सहमति भएको छ,’ स्रोतले अनलाइन नेपालसँग भन्यो, ‘तर, यथास्थितिमा पारित गर्ने विषयमा भने सहमति भएको छैन।’

स्रोतका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेकाले त्यसलाई सदनमा पेस गर्न सहमति जुटेको हो।

त्यसका लागि प्रतिनिधिसभाको बैठक आइतबार (आज) दिउँसो १ बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077