Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजकै संसदमा एमसीसी टेबुल गरिने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सहमति जुटेपछि संसदमा एमसीसी टेबुल हुने भएको छ ।

भर्खरै बालुवाटारमा सम्पन्न गठबन्धनका दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने सहमति जुटेको थियो। सहमतिपछि आज दिउँसो १ बजे बस्ने संसदको बैठकमा एमसीसी टेबुल हुने भएको हो।

सरकारका प्रवक्ता एवं ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बिहानको छलफल र सहमतिपछि एमसीसीलाई संसदमा टेबुल गर्न लागिएको हो । त्यसका लागि अब बस्ने प्रतिनिधिसभा कार्यब्यबस्था परामर्श समितिको बैठकले एमसीसीलाई कार्यसूचीमा राख्ने छ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतको सहभागीता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077