Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी सदनमा होइन, बरु समितिमा लैजाऔं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राखेका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आइतबार बिहान बसेको गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले सदनभन्दा समितिमा लैजान आग्रह गरेका हुन्।

बैठकबारे जानकारी दिँदै प्रचण्डको स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन्, 'अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ।'

गंगाले अगाडि लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।’

यसका बाजदुद सदनमा आ-आफ्नो विचार अनुसार छलफल गर्ने सहमति भएको दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077